आगलागीबाट सोह्र लाख रुपैयाँ बराबरको क्षति

पुस १, बिराटनगर । सुनसरी र मोरङ जिल्लामा शनिबार भएको आगलागीबाट करीब १६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । सुनसरीको धरान उप–महानगरपालिका–१२ सब्जी मण्डी स्थित अमन श्रेष्ठको घरमा आगलागी हुँदा अन्दाजी ११ लाख मूल्य बराबरको क्षति भएको हो । 

गए राति साढे १२ बजेको समयमा श्रेष्ठको घरमा कोठा भाडा लिएर धरान–१६ का दिलिप नेपालीले सञ्चालन गरेको टेलर्स र धरान २ बस्ने सन्ध्या श्रेष्ठले संचालन गरेको ब्युटी पार्लरमा बिद्युत सर्ट भई आगलागी भएको थियो । आगलागीबाट टेलर्समा भएको लुगा सिलाउने मेशिन, इन्भटर, फर्निचरको सामान, सिलाउन राखेको कपडा र ब्युटी पार्लरमा भएको सामान र नगद जलेर नष्ट भएको हो । आगलागी दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको थियो । 

त्यस्तै मोरङको लेटाङ नगरपालिका–३ कमलपुरमा शनिवार बिहान आगलागी हुँदा अन्दाजी ५ लाख मूल्य बराबरको क्षति भएको छ । बिहान साढे १० बजे खाना पकाउने क्रममा स्थानिय कर्ण बहादुर राईको घरमा आगलागी भएको थियो । 

null

आगलागीबाट घरभित्र रहेको लत्ता कपडा, भाडावर्तन, गरगहना अन्नपात र २ वटा चौपाया जलेर नष्ट भएको छ । आगलागी इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *