देश बनाउन कृषि सहकारी ऐन ल्यान आवश्यकः मन्त्रि चौधरी

पुष ७, बौनिया । देश समृद्ध बनाउन कृषि सहकारी ऐन ल्याउन आवश्यक रहेको सुदुर पश्चिम प्रदेश भुमि व्यवस्था, कृषि सहकारी तथा गरिबि निवारण मन्त्रि विनिता चौधरीले बताएकी छिन् । आज कैलालीको बर्दगोरीया गाउपालिका स्थित साना किसान कृषि सहकारी संस्थाको १३ औं साधारण सभाको उद्घाटन गर्दै मन्त्रि चौधरीले ग्रामिण क्षेत्रमा छरीएर रहेका साना पुँजीलाई संकलन गरी राज्यको पहुँच सम्म पुर्याउने काम सहकारीले गरेको बताइन् ।  

चौधरीले नेपालमा अहिले ३४ हजार ५ सय १२ सहकारी खुलेको बताउँदै केही सहकारीले फड्को मारेर ग्रामिण क्षेत्रमा पिछडीएर बसेका जनताको आर्थिक अवस्था उकास्न महत्वपुर्ण भुमिका खेलेको जिकिर गरिन् । देशमा अहिले तिन तहकै सरकार निर्माण भईसकेको बताउदै चौधरीले सहकारीको माध्यमबाट रोजगारीको सिर्जना र गरिवि निवारण गर्नमा तिन तहकै सरकार लागी रहेको बताइन् ।  

मन्त्रि चौधरीले कृषिको सम्भवना धेरै रहेको बताउँदै परम्परागत खेतिलाई परिवर्तन गरी आधुनिक खेतितर्फ लाग्न आग्रह गर्दै मौसम सुहाउदो उत्पादन र उत्पादन सुहाउदो बजारीकरणमा ध्यान दिनुपर्ने बताइन् ।  

null

जिल्ला समन्वय समिति कैलालीका सभापति सुर्य बहदुर थापाले हामी किसान भए पनि हामीले आफुलई पुग्ने खाद्यान्न उत्पादन गर्न नसकेको बताए । थापाले कृषिलाई व्यवसायिकरण,यान्त्रिकरण,औद्योगिककरण बनाउन नसकेका कारण खाद्यान्न आयात गर्नु परेको बताए ।  

कार्यक्रममा संस्थाका अध्यक्ष पदम राज रिजालले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै आर्थिक बर्ष ०७४÷७५ मा ३ करोड ५ लाख २१ हजार ६ सय ३५ रुपैयाँ ७ पैसा आम्दानी गरेको बताए । उनले संस्थाले १ करोड ९० लाख ५५ हजार ३ सय ४ रुपैयाँ खर्च गरेको जानकारी दिए । संस्थाले १ करोड १४ लाख ६६ हजार ३ सय ३० रुपैयाँ बचत गर्न सफल भएको संस्थाका मुख्य प्रबन्धक मिना पराजुलीले बताइन् ।  

कार्यक्रममा उत्कृष्ट बचत समुह, समुह अन्तर्गतका एसईई परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने छात्र छात्रालाई नगद ३ हजार सहित पुरस्कार प्रदान गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *