पुस लागे सँगै सेयर बजार उकालो

 

पुस १ काठमाडौं । आज पुष महिनाको सुरुवात सँगै सेयर बजार उकालो लागेको छ । आज सेयर बजार १८.८९ अंकले उकालो लागेको हो ।  

केहि दिन देखी सामान्य उतारचढाव झेल्दै आईरहेको आज १८ दशमलव ८९ अंकले उकालो लागेर नेप्से परिसूचक १ हजार १ सय ६७ दशमलव ६७ मा पुगेर बन्द भएको छ 

null

परिसूचकसँगै कारोबार रकम समेत उच्च देखिएको छ । दिनभरमा भएका ४ हजार ९ सय ७४ कारोबारबाट १ सय ५९ कम्पनीको १४ लाख ७ हजार ५३४ कित्ता सेयर किनबेच भएको छ । 

छिमेक लघुवित्त विकास बैंकले कारोबार रकमका आधारमा आज उच्च ठाउँ पाएको छ । यस बैंकको आजको कारोबार ५ करोड ७७ लाखा ३९ हजार रुपैँया रहेको छ । 

आज करिब ४७ करोड ४२ लाख १६ हजार ९ सय ५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *