लगातार दोस्रो वर्ष ‘अफ्रिकी वर्ष खेलाडि’ बने मोहमद सलाह

 

एजेन्सी । अफ्रिकी वर्ष खेलाडीको अवार्ड लिभरपुलका स्ट्राइकर मोहम्मद सलाहले जितेका छन् । लगातार दोस्रो वर्ष यो अवार्ड जितेका उनले मिधी बेनाटीया, कालीडो कोउलीवालील र साडियो माने तथा थोमस पार्टेलाई पछि पारे । गएको सिजन ५२ खेलमा ४४ गोल गरेका सलाह प्रिमियर लिगको वर्ष खेलाडी पनि बनेका थिए ।  

सलाको महत्वपूर्ण प्रदर्शनका कारण गएको सिजन लिभरपुल च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो ।  

null

यसका साथै उनले देशलाई विश्वकपमा पुर्याउन पनि महत्वपूर्ण योगदान गरेका थिए । सलाह लगातार दोस्रो पटक यो अवार्ड जित्ने दोस्रो खेलाडी बनेका छन् । यसअघि नाइजेरीयाका जे जे ओकोचाले यो अवार्ड जितेका थिए । यो अवार्डका लागि आयोजकले कुल ६ लाख ५० हजार भोट पाएका थिए । 

लिभरपुलमा आएपछि सलाहको करियर निकै उचाइमा पुगेको छ । पहिलो सिजनमा नै उनले २४ खेलमा १९ गोल गरेका थिए । सन् २००१ बाट सुरु भएको अफ्रिकन वर्ष खेलाडीको अवार्ड अहिलेसम्म १५ खेलाडीले जितिसकेका छन् ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *