विराट ट्रेड एक्स्पो २०१८ सुरु, एक्पोले आर्थिक सम्भावनाको ढोका खोल्ने मुख्यमन्त्रीको विश्वास

 

पुस ६, विराटनगर । मोरङ व्यापार संघको आयोजनामा आजदेखि विराटनगरमा विराट ट्रेड एक्स्पो २०१८ सुरु भएको छ । 

नौ दिनसम्म चल्ने एक्पोको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । एक्स्पोको उद्घाटन गदै मुख्यमन्त्री राईले महोत्सव र एक्पोले आर्थिक सम्भावनाको ढोका खोल्ने विश्वास व्यक्त गरे । उनले भने ‘भारतको सिक्किम, पश्चिम बंगाल, विहारसँग जोडिएको प्रदेश १ लाई भारत, चीन, बंगलादेश, भुटानको महत्वपूर्ण बजारको रुपमा जोडने छौँ ।’ 

null

उनले प्रदेश सरकार प्रदेश नं १ मा लगानीमैत्री वातावरण तयार गर्न प्रतिबद्धत रहेको बताए । उनले प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेत नीजि क्षेत्रको सहभागीतालाई बिशेष प्राथमिकतामा राखेको बताउँदै लगानीका लागि उपयुक्त खालको वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताए । 

‘नीजि क्षेत्रको सहभागीता र लगानीबिना कुनैपनि विकास र समृद्धिको अभियान असम्भव छ’ मुख्यमन्त्री राईले भने, ‘प्रदेश नं एकको विकास र समृद्धिको अभियानमा नीजि क्षेत्रको पुर्ण सहभागीता बढाउन प्रदेश सरकार लागानीमैत्री वातावरण तयार गर्न तत्पर छ, त्यसका लागि नीजि क्षेत्रलाई छलफलका लागि म आह्वान गदर्छु ।’ 

उनले अन्तराष्ट्रिय स्तरको प्रर्दशनीस्थलको आवश्यकतालाई महसुस गरेर त्यसको थालनी भइसकेको बताए । विराटनगरको औद्योगिक करिडोरलाई व्यापारिक हबको रुपमा विकास गर्ने भन्दै उनले आर्थिक क्रियाकलापको वातावारण निर्माणमा प्रदेश सरकार नचुक्ने बताए । 

उनले सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रलाई उद्योग र व्यापारको हबका रुपमा विकास गर्न चाहेकाले त्यसका निम्ति कानून नीति निर्माण गरी कार्वान्वय गर्न आवश्यक गृहकार्यका लागि प्रदेश सरकार जुटेको समेत जानकारी दिए । 

मुख्यमन्त्री राईले विराटनगर विमानस्थललाई श्रेत्रीयस्तरका रुपमा स्तरोन्नतीका लागि क्याविनेटबाट निर्णय गरेर काम अघि बढीसकेको जानकारी दिए । तत्कालको लागि बनेकाे क्षेत्रीयस्तरको विमानस्थल चाँडै अन्तराष्ट्रिय स्तरको बन्ने उनको भनाइ थियो । 

सो अवसरमा प्रतिनिधिसभाका सांसद मोति दुगडले भौतिक पुर्वाधारको विकासमा जोड दिएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्र्रधानले सरकारको तर्फबाट आर्थिक विकासका लागि प्रतिबद्धताको खाँचो औँल्याए । 

विराटनगर महानगरपालीकाका मेयर भीम पराजुललीले सुस्ताउँदै गएको आर्थिक गतिविधिमा एक्स्पोले उर्जाको काम गर्ने धारणा राखे । 

उद्घाटनमा मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा, उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरे, एक्स्पोका संयोजक अनुपम राठी लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

शुक्रबारदेखि नौ दिनसम्म चल्ने एक्पोमा २० करोडको कारोबार हुने लक्ष्य राखिएको छ । मेलामा नेपालसहित भारत बंगलादेश, पाकिस्तान र चीन सहभागी छन् । 

मोरङ्ग व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले नेपालमा उत्पादित तथा आयातित औद्योगिक उत्पादन तथा सेवाहरु ग्राहकसम्म पुर्याउन एक्पो आयोजना गरिएको जानकारी दिए । 

एक्स्पोमा नेपाल सहित छिमेकी राष्ट्रका उत्पादनहरु प्रदर्शनीमा राखिने छ । एक्पोमा चीनियाँ इलेक्ट्रोनिक्ससँग सँगै पाकिस्तानबाट लेदर, बंगलादेशको गार्मेन्टका उत्पादनहरुको स्टल रहेको एक्पो तथा प्रदर्शनी समितिका संयोजक अनुपम राठीले जानकारी दिए । 

एक्स्पोमा रहेका २५० स्टलहरु मध्ये ४२ वटा अन्तराष्ट्रिय स्टलहरु रहेको छ । एक्पोबाट विभिन्न मुलुकमा उत्पादित वस्तु तथा सेवाको बारेमा उपभोक्ता तथा ग्राहक वर्गले जानकारी पाउने उद्धेश्यले आयोजना गरिएको एक्पोमा ३ लाख दर्शकले अवलोकन गन अपेक्षा राखिएको छ । 

एक्स्पोका प्रदर्शनी कक्षमा अटोमोबाइल्स, बैंक तथा वित्तिय संस्था, मोबाइल इलेक्ट्रोनिक्स तथा आइटी, निर्माण सामग्री, अन्तर्राष्ट्रिय औद्योगिक उपकरण, कृषि तथा जडिबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री, हस्तकला, तयारी पोशाक र जुत्ता चप्पल लगायतका सामानहरूकाे स्टल छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *