विश्व च्याम्पियन महर्जनलाई बधाई दिँदै प्रचण्डले भने, देशको गौरव बढाउनुभयो

 

पुस १५, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शारीरिक सुगठनमा स्वर्ण पदक विजेता बनेका महेश्वर महर्जनले देशको गौरव बढाएको बताएका छन् । 

प्रचण्डको निमन्त्रणामा प्रचण्ड निवास खुमलटार पुगेका महर्जनलाई बधाई दिँदै अध्यक्ष प्रचण्डले महर्जनले देशको गौरव बढाएको बताएका हुन् । 

null

‘तपाईँले उत्कृष्ट कौशल देखाउनु भयो। यसबाट नेपाल र नेपालीको शीर गौरवले उच्च भएको छ’, अध्यक्ष प्रचण्डले भने । उनले विश्वस्तरको प्रतियोगितामा नेपालका तर्फबाट महर्जनको प्रस्तुतीले नेपाली पनि अवसर पाए कम छैन भन्ने स्पष्ट पारेको उल्लेख गरे । 

खेल क्षेत्रलाई सधैं प्राथमिकतामा राखेको प्रचणडकाे भनाइ थियाे । नेपालको समृद्धि र विकासमा खेल क्षेत्र र खेलाडीहरुको ठूलो भूमिका रहने बताउँदै उनले सरकारका तर्फबाट शारीरिक सुगठनलगायत नेपालको खेल क्षेत्रलाई अझ विकास गर्ने प्रतिवद्धता जनाए ।  

खेलाडी महर्जनजले व्यक्तिगत लगानी र प्रयासमा ७५ किलो तौल समूहमा स्वर्ण पदक जितेपनि यसक्षेत्रमा राज्यले नै सहयोगी वातावरण बनाइदिन आग्रह गर्दै मिस्टर युनिभर्समा समेत सहभागी हुने इच्छा रहेको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *