नक्कली नागरिकता गिरोहमा थप तीन पक्राउ

पुष २ धनुषा । नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यो भन्दा अगाडी उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएका थिए । 

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय सहयोगीद्वय अरुणकुमार यादव र वीरेन्द्र चौधरी रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । 

यसअघि जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डलसहित धनुषाको जनकपुर उपमहानगरपालिका– २० का ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका–५ का ४९ वर्षीया गङ्गा साह र रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का हेमन्तकुमार पाण्डेलाई पक्राउ गरिएको थियो । पक्राउ पर्ने साह औरही गाउँपालिकाका वडा सदस्य हुन् । अन्य सो गाउँपालिकाका कर्मचारी हुन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *