मुलुकको बिग्रँदाे अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएँ- कमल थापा

 

पुस ६, काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच शुक्रबार भेटवार्ता भएको छ । 

शुक्रबार पोखरा १७ दोबिल्लाको माउन्टेन ग्लोरी रिसोर्टमा बसिरहेका ज्ञानेन्द्रसँग थापाले त्यहीँ पुगेर भेटवार्ता गरेका हुन् । 

null

पुस २ गते १६ दिनका लागि पोखरा पुगेका पूर्वराजा शाह र बिहीबार पार्टीको गण्डकी प्रदेश स्तरीय प्रशिक्षण तथा सम्मेलनमा सहभागी हुन गएका अध्यक्ष थापाबीच दोबिल्लामा रहेको माउण्ट ग्लोरीमा एक घण्टा लामो वार्ता भएको बताइएको छ । उनले शुक्रबार ११ बजेतिर पूर्वराजासँग भेट गरेको आफ्नो ट्विटरबाट पनि पुष्टि गरेका छन्।   

‘पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन पोखरामा आएको बेला पोखरामा नै निजी भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसँग आज बिहान शिष्टाचार भेट गर्ने अवसर प्राप्त भयो। मुलुकको बिग्रँदो अवस्थाप्रति राजामा गम्भीर चिन्ता रहेको पाएँ,’ थापाले ट्वीटमा भनेका छन् । 

भेटमा पूर्व राजा शाहले समसामयिक विषयमा समेत चासाे र चिन्ता व्यक्त गरेको अध्यक्ष थापाले बताए । 

निजी भ्रमणको क्रममा पोखरामा रहेका पूर्वराजाले शिव सेना, राप्रपाकै पुराना नेता कार्यकर्ताहरुलाई भेटिरहेका छन्। 

उनी शनिबार विन्ध्यवासिनी मन्दिरमा पूजा गर्न जाँदैछन् भने मन्दिर जाने क्रममा पनि उनले सर्वसाधारणलाई भेट्ने कार्यक्रम छ। 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले आउँदो फागुन ७ गतेदेखि जनसंघर्ष गर्ने उद्घोष गरेको छ। थापा स्वयंले संघर्ष कुनै धर्म, दल र सरकारका विरुद्ध नभई हिन्दुराष्ट्र स्थापना, राष्ट्रिय अखण्डताको रक्षा र भ्रष्टाचार नियन्त्रणको लागि जनदवाव सृजना गर्ने प्रष्ट्याएका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *