सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको छ

 

पुस १, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीचको एकता कसैले तोड्न नसक्ने बताएका छन् । 

तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आईतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् । 

null

दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको आरोप लगाए । मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख गर्दै प्रधानमन्त्रीले भने, देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकतालाई तोड्न कसैले सक्दैनन् ।’ 

प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति पनि जनाए । 

छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति फर्कदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जना नै प्रधानमन्त्री हुने भन्दै ठट्टा पनि गरे । 

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भइरहेको दावी पनि गरे । ‘राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भइरहेको छ । राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खोजिएको छ’, प्रधानमन्त्रीले भने । 

कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले मुलुकलाई एकतावद्ध बनाउने अभियानमा पार्टीका सबै नेता, कार्यकर्ताहरुको उत्तिकै प्रयास आवश्यक रहेको पनि बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *