आइएमई जनरल इन्स्योरेन्सको ४४ आौं शाखा किर्तिपुरमा

मंसिर २८, काठमाडौँ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४ औं शाखा काठमाण्डौंकोे किर्तिपुरमा आजबाट संचालनमा ल्याएको छ । 

उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको सहभागितामा बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईको हातबाट शाखाको उद्घाटन गरिएको थियो । 

साथै उक्त समारोहमा स्थानिय उद्योगी, व्यापारीहरु लयागत बिभिन्न बैंक, बित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको पनि उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा अध्यक्ष चापागाईले मन्तव्य राख्दै बीमाको पहुच फराकिलो हुँदै गएको हुनाले स्वस्थ्य प्रतिपर्धा मार्फत आफना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न सुझाब दिए । 

null

सोही समारोहमा शाखा बिस्तारसँगै गुणस्तरिय सेवाको लागि अनुभवी कर्मचारीहरुको संख्या वृद्धि गर्न समय सापेक्ष कर्मचारीहरुलाई प्रतिक्षण गर्न पनि सुझाब दिए । छोटो समयमानै आफ्नो शाखा स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिदैँ बिमा क्षेत्रको विकास र बिस्तारको लागि सात वटै प्रदेशको विभिन्न भागमा आफनो शाखा सञ्जाल बिस्तार गरी लघुबीमा लगायत सम्पूर्ण निर्जीवन बीमा सेवा सहज रुपमा प्रदान गरी अग्रिणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई स्थापित गर्न सफल मिलोस भनि शुभकामना व्यक्त गरे । 

 अध्यक्ष चापागाईले सबैले आआफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय बिस्तार गर्न पनि सबैलाई अग्रह गरे । कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल बिस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वासनीय सेवा प्रदान गर्ने जानकारी गराए । 

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब. २०७५।०७६ को प्रथम त्रैमास सम्ममा करिब ३२ करोड बीमा शुल्क आर्जन गरेको, कूल लगानी १ अर्ब ५ करोड त्यसैगरी खुद नाफा २ करोड ६२ लाख आर्जन गर्न सफल भएको जानकारी दिंदै आज उद्घाटन भएको शाखा सहित शाखा ४४ तथा १० सेवा काउण्टरबाट ग्राहक महानुभावहरुलाई सेवा दिईरहेको, २४० जना कर्मचारीहरुलाई रोजगारी प्रदान गर्नुको साथै नयाँ रोजगारीमा जोड दिई रहेको सेमत जानकारी गराए । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *