विधान मस्यौदामा सहमति जुटाउन काँग्रेसलाई सकस, प्रकाशमानको निवासमा पौडल पक्षधर नेताको भेला

 

मंसिर २३, काठमाडौँ । नेपाली काँग्रेस पार्टीमा अहिले पार्टीकै नेताहरुबीच तीव्र असन्तुष्टि छ । आउँदो महाधिवेशन र महासमिति बैठकमा एक ढिक्का भएर अघि बढ्ने प्रयासमा छ काँग्रेस समूह । 

विशेषगरी यतिबेला नेपाली कांग्रेसमामा विधानबारे छलफल चर्को चलिरहेको छ । विधानमा पदाधिकारी संख्या बढाउने कि नबढाउने, केन्द्रीय समितिको आकार कत्रो बनाउने, पार्टी सदस्यता कति किसिमको बनाउने लगायतका विषय चर्चामा छन् । 

null

यसैबीच नेपाली कांग्रेसको असन्तुष्ट समुहले नेता प्रकाशमान सिंहको घरमा छलफल सुरु गरेको छ। प्रस्तावित नयाँ विधानका अन्तरवस्तुमा विवाद भइरहेका बेला सभापति शेरबहादुर देउवासँग असन्तुष्ट समुहले सिंहको घरमा भेला भएर एउटै धारणा बनाएर अघि बढ्ने प्रयास गरेको हो। आज बिहानको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय नेताहरू भेला भएका थिए। 

आउँदो महाधिवेशनसम्ममा सभापति देउवालाई कमजोर बनाएर आफूहरू अघि बढ्ने प्रयास यो समुहको दौडधुप देखिन्छ । यतिबेला नेता रामचन्द्र पौडेलले यो समुहको नेतृत्व गरिरहेका छन्। 

भोलिदेखि सुरु हुने बैठकमा विधान मस्यौदामा एकरुपता जनाउने तयारीका लागि बैठक बसिएको बैठकमा सहभागी एक नेताले बताए । 

बैठकमा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवि यादव, केन्द्रीय सदस्यहरु शेखर कोइराला, नवीनद्रराज जोशी, गगन थापा, चन्द्र भण्डारी, अर्जुननर सिंह केसी, प्रकाशमान सिंहलगायत बैठकमा उपस्थित थिए। 

आइतबारदेखि सुरु हुने कांग्रेसको केन्द्रीय समिति बैठकमा आर्थिक प्रतिवेदन, राजनीतिक प्रतिवेदन तथा विधान मस्यौदालाई अन्तिम रुप दिने तयारी छ। १० दिनदेखि पार्टीको विधान मस्यौदामाथि भइरहेको कांग्रेसको छलफल शनिबार सकिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *