प्रस्तावित चार राजदूतहरुको नाम अनुमोदन
मकालु खबर
२०७५ मंसिर २४ गते
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले बिभिन्न देशका लागि प्रस्तावित चार राजदूतहरुको नाम अनुमोदन गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको समिति बैठकले भारतका लागि राजदूत सिफारिस गरेका निलाम्बर आचार्य, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे, यूएईका लागि कृष्ण ढकाल र इजरायलका लागि राजदूत सिफारिस गरिएकी अञ्जान शाक्यको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।
मन्त्रिपरिषद्को कात्तिक २५ गतेको बैठकले चारजनालाई बिभिन्न देशको राजदूतमा सिफारिस गरेको थियो ।
null
समिति वैठकले आइतबार नै चार राजदूतको सुनुवाई गरेको थियो । संसदीय समितिमा प्रस्तावित राजदुतविरुद्ध कुनै उजुरी परेको थिएन ।
मकालु खबर
२०७५ मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित