एच.आई.भी. संक्रमित बालबालिकाहरुका लागी डिजे मलिक स्याडो नाईट हुने 

मंसिर २१, धरान,सनसरी । आउँदो पौष ६ गते धरान १५ स्थित रहेको एच बीबी क्यू हाउस बगरकोटमा डिजे मलिक स्याडो नाईट हुने भएको छ । 

सुनसरीका एच.आई.भी संक्रमित तथा प्रभावित बालबालिकाहरुका शिक्षाका च्यारेटी स्वरुप सो नाईट हुन लागेको आयोजक एच बीबी क्यू हाउस बगरकोटका सञ्चालक जीवन लिम्बुले जानकारी दिए । सो कार्यक्रमका लागी डिजे मलिक स्याडाको संयोजकत्वमा समिती बनाई सो कार्यक्रम गर्न लागेका कार्यक्रमका प्रचार प्रसार संयोजक बिकास चाम्लिङ राईले जानकारी दिए । कार्यक्रममा समाजसेवालाई प्रोत्साहन दिनुका साथै बिशेष डिजेईङ के हो भन्ने कुरालाई आम दर्शक माँझ जानकारी दिनका लागी यस्तो कार्यक्रम आवश्यक रहेको डिजे मलिक स्याडोले बताए । 

स्याडोका अनुसार बदलिँदो परिस्थिती मध्यनजर गरी गरिने डिजिईङलाई सही तरीकाले प्रस्तुत गर्नुमा यसले एक महत्वपुर्ण भुमिका खेल्ने समेत बताए । स्यडोका अनुसार धरानमा बढदो रात्री बजार बढदै गईरहेकोले पनि डिजिईङको आवश्यकता रहेका बताए । करिब २ लाखको लागतमा गर्न लागेको कार्यक्रममा करिब ३ सय दर्शको सहभागिता रहनेछ । जहाँ धरानका चर्चित डिजे मलिक स्याडोको म्युजिक भिडियोको बिमोचन समेत गरिने छ । साथै सोही कार्यक्रमबाट उठेको रकम मध्ये धरान पोजेटीब समूहलाई नगद २५ हजार प्रदान समेत गरिनेछ । कार्यक्रम एच बीबी क्यू हाउस बगरकोट प्रागणमा हुनेछ भने कार्यक्रममा जोन एण्ड जोन,सिंघ बहादुर मादेन, शुभलक्ष्मी राई, समिता लिम्बु र अन्य कलाकारहरुसंगै अनप्लग म्युजिकको समेत प्रस्तुती रहनेछ । कार्यक्रम साँझ ५ बजेबाट सुरु भई राती १० बजेर ३० मिनेटसम्म चल्ने आयोजकले जनाएको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *