डिजेल चोरको गिरोहमै विवाद, ढुवानी व्यवसायी र चालकको मोर्चाबन्दी

काठमाडौं। नेपाल आयल निगमका कर्मचारीको मिलेमतोमा तेल चोरेको तर आफूहरूलाई मात्रै कारबाही भएको भन्दै ढुवानी व्यवसायी र ट्यांकरचालकले मोर्चाबन्दी कसेका छन् । ट्यांकरबाट बीच बाटोमै तेल चोरी गर्न निर्देशन दिने आयल निगमका कर्मचारीलाई कारबाही हुनुपर्ने भन्दै व्यवसायीले मोर्चाबन्दी कसेका हुन् । 

निगम कर्मचारीको मिलेमतोमा ट्यांकरबाट तेल चोरी भएको तर कारबाही भने व्यवसायी र चालकलाई मात्रै भएकाले मोर्चाबन्दी गर्नुपरेको पूर्वाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौलाले बताए । 

‘यत्रो ठूलो परिमाणको तेल चोरी गर्न एक्लै आँटिदैन । कर्मचारीको मिलेमतो नभई यत्रो परिमाणमा इन्धन चोरी हुन सक्दैन,’ उनले भने, ‘त्यसैले संलग्न सबै पक्षलाई कारबाही हुनुपर्छ भनेका छौँ ।’ कर्मचारी, ढुवानी व्यवसायी र चालकको मिलेमतोमा तेल चोरी हुने गरेको पनि उनले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ । 

null

तेल बोक्ने ट्यांकर साहुहरूको संगठन ढुवानी व्यवसायी महासंघको आइतबार बसेको बैठकले विराटनगरमा भएको डिजेल चोरी काण्डमा दोषी कर्मचारीलाई कारबाही गर्न दबाब दिने उद्देश्यले अध्यक्ष खगेश्वर बोहोराको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ । सो कार्यदलमा पूर्वाञ्चल ट्यांकर ढुवानी व्यवसायी संघका अध्यक्ष गुणराज निरौला, महासंघका प्रथम उपाध्यक्ष मनोज दास, पश्चिमाञ्चलका ढुवानी व्यवसायी चोपनारायण श्रेष्ठ र ढुवानी, पेट्रोल पम्प र ग्यासको व्यवसायमा क्रियाशील शिवप्रसाद घिमिरे रहेका छन् । 

यी पाँच व्यवसायी पेट्रोलियम कारोबारमा विकृति भिœयाउन शक्तिशाली मानिन्छन् । उनीहरूले नेपाल आयल निगमको विराटनगरस्थित क्षेत्रीय कार्यालयका प्रमुख दिनेश यादव र प्रमुख सञ्चालन अधिकृत विनेन्द्र मिश्रलाई कारबाहीका लागि दबाब दिएका हुन् ।  

व्यवसायीले डिजेल चोरीमा संलग्न कर्मचारीलाई कारबाहीसहितको अन्य माग राखेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र आयल निगममा ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले १५ दिनभित्र थप छानबिन गरी दोषी सबैलाई कारबाहीको दायरामा नल्याए इन्धन ढुवानी ठप्प पार्ने चेतावनी दिएको कार्यदल सदस्य शिवप्रसाद घिमिरेले बताए । 

‘कर्मचारीको मिलेमतो नभई तेल चोरी हुनै सक्दैन, तर बारम्बारको चोरीमा कर्मचारीलाई उन्मुक्ति दिने गरियो,’ उनले भने, ‘यसपटक त चालक र ढुवानीकर्तालाई कठोर सजाय तोकिएको छ । तर, कर्मचारीलाई छाडिएको छ । घटनाको फेरि एकपटक छानबिन गरी वास्तविक दोषी सबैलाई कारबाही गर्नुपर्छ भनेका छौँ ।’  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *