डर्टमण्ड १२ औं खेलसम्म अपराजित

जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमण्डले १२ औं खेलसम्म आफ्नो अपराजित यात्रा कायम राखेको छ । उसले ९ खेलमा जित र तीन खेलमा बराबरी गरेको छ । डर्टमन्ड ३० अंकसहित तालिकाको शीर्षस्थानमा छ । 

शनिबार राति भएको खेलमा डर्टमण्डले फेरिबर्गमाथि २–० को जित निकालेको हो । मार्को रेयुसले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको डर्टमण्डले दोस्रो हाफको अन्त्यतिर अर्को गोल गरेको थियो । उसका लागि फ्रान्स्किो एलसेयरले गोल गर्दै जित सुनिश्चित गरेका थिए । 

बुन्डेस लिगा अन्तर्गत शनिबार राति भएका खेलमा बायर्न म्युनिखले वेरडेर बरमेनमाथि २–१ को जित निकालेको थियो । बायर्नको जितमा सर्जे गेनबेरले २ गोल गरेका थिए । उनले २० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । 

null

३३ औं मिनेटमा योया ओसाकाले गोल गर्दै बरमेनलाई खेलमा फर्काएका थिए । पहिलो हाफमा १–१ को बराबरी भएको खेलको दोस्रो हाफमा बायनले १ गोल थप्दै जित सुनिश्चित गरेको हो । 

५० औं मिनेटमा गेनबेरले गोल गरेका थिए । त्यसपछि दुबै पक्षबाट थप गोल नभएपछि बायर्न स्पष्ट तीन अंक जोड्दै तालिकामा २४ अंकका साथ तेस्रो स्थानमा पुग्न सफल भयो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *