शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेता मान्न सकिँदैन: सिटौला

 

पुस १२, काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाएका छन् । 

बिहीबार पत्रकार सम्मेलन गर्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका नेता सिटौलाले सरकारले जनअपेक्षा अनुसार काम गर्न नसेकेको भन्दै सबै सरकारी निकायमा हस्तक्षेप गरेको आरोप लगाएका हुन् । 

null

‘सरकारका क्रियाकलापले जनता निराश बनेका छन् । अब कांग्रेस जनतामाझ गएर आशा र विश्वास जगाउनुपर्छ’, सिटौलाले भने । 

हालै सम्पन्न पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै उनले बैठकबाट पारित विधानअनुसार अब कि छिट्टै महाधिवेशनको तयारीमा जानुपर्ने कि अन्तरिम समयसम्मका लागि पार्टीका संरचना निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । 

नेता सिटौलाले सबै केन्द्रीय सदस्यले वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने र आरक्षण एक पदमा एक व्यक्तिलाई एकपटक मात्र प्राप्त हुने महासमिति बैठकमा प्राप्त सुझावलाई पार्टीको केन्द्रीय समिति बैठकबाट विधानमा समेटिने जानकारी दिए । 

त्यस्तै उनले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलमा नेतृत्व गर्ने क्षमता तथा नेतामा हुनुपर्ने क्वालिटी नभएको भन्दै देउवा र पौडेललाई आफूले नेता मान्न सक्ने अवस्था नरहेको धारणा व्यक्त गरे । 

साथै सिटाैलाले धर्मका बारेमा कांग्रेसले नेपालको संविधानमा भएको व्यवस्थालाई अपनत्व लिएको भन्दै यसमा कसैले चिन्ता नलिनुपर्ने स्पष्ट पारे । ‘हाम्रै नेतृत्वमा संविधान जारी भएको संविधानमा धर्मका बारेमा जे छ त्यही हाम्रो धारणा हो ।’ सिटौलाले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *