नुवाकोट मिनीट्रक दुर्घटनाः ज्यान गुमाएका १८ जनाको सामुहिक अन्त्येष्टि

 

पुस १, नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङडाँडामा शुक्रबार भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका २० जनामध्ये १८ जनाको आइतबार सामूहिक अन्त्येष्टि गरिने भएको छ । 

दुर्घटनामा ज्यान गुमाएकाको शव पहिचान गरी शनिबार आफन्तलाई जिम्मा लगाएपछि आइतबार सामूहिक अन्त्येष्टि गर्न लागिएको हो । 

null

दुर्घटनामा ज्यान गुमाएका रितेश पण्डितको शनिबारनै अन्तिम संस्कार गरिएको र एकजनाको शव काठमाडौंमा रहेकाले बाँकी १८ जनाको बौद्ध परम्परानुसार घ्याङडाँडामा अन्त्येष्टि गर्न लागिएको स्थानीयले जानकारी दिए । 

अन्तिम सस्कारका लागि गाउँपालिकाले प्रत्येक परिवारलाई १० हजार रुपैयाँ सहयोग गरेको छ । 

शुक्रबार नुवाकोटको घ्याङफेदीमा मिनिट्रक दुर्घटना हुँदा २० जनाको ज्यान थियो भने १५ जना घाइते भएका थिए । घाइतेहरुको काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *