९ वर्ष यता युपिएफको २५ वटा कार्यक्रममा सहभागी
मंसिर २७, काठमाडौं । पूर्वप्रधानमन्त्री माधबकुमार नेपाल यतिबेला चर्चामा छन् । उनको अहिलेको चर्चा सकारात्मक भन्दा नकारात्मक विषयमा केन्द्रित छ । दुई साता अघि राजधानीमा सम्पन्न युनिभर्सल पिस फेडेरेसन (युपीएफ) को एसिया प्रशान्त सम्मेलनको विषयलाई लिएर नेपालको चौतर्फि आलोचना भइरहेको छ ।
त्यसमाथि संस्थाका नेपाल प्रमुख पूर्वमन्त्री तथा परिवार दलका अध्यक्ष एकनाथ ढकालसँगको सम्बन्धले उनको राजनीतिक करियर नै धर्मराएको छ । नेपाललाई हिन्दुधर्मको विरुद्ध लागेको, नेपालमा ख्रिष्टीयन धर्मको संरक्षणमा सहयोग गरेको समेत आरोप लागिरहँदा दक्षिण कोरियाको युनिफिकेसन चर्चसँग उनको संम्बन्ध २२ वर्षदेखि रहेको पाइएको छ ।
null
उनी एसिया प्रशान्त सम्मेलनको मूल आयोजक संस्था युनिभर्सल पिस फेडेरेसन (युपीएफ)का तर्फबाट निमन्त्रणा समिति प्रमुख नै थिए । नेता नेपाल ९ वर्षयता मात्रै युपीएफका २५ वटा कार्यक्रममा सहभागी भएको देखिन्छ । ती मध्ये अधिकांश कार्यक्रम पूर्वप्रधानमन्त्रीको हैसियतमा जानै नसुहाउने खालका समेत रहेको देखिन्छ ।
नेपाल नेकपा एमालेको महासचिब भएदेखि नै युनिभर्सल पिस फेडेरेसनको सम्पर्कमा रहेको बुझिएको छ । चर्चका एशिया प्रमुख डा. क्रिष्टोफर किम दम्पत्तिले नेपाललाई पहिलो पल्ट २०५३ सालमा घरमै भेटेका थिए ।
कम्युनिष्ट पार्टीका बरिष्ठ नेता नेपालको क्रिष्टियानिटी मोह देखेर बुद्धिजिवी तथा राजनितीज्ञ समेत छक्क परेका छन् ।
त्यसपछि बारम्बार किमसँग उनको सम्पर्क भयो । त्यसको १८ वर्षपछि माधब नेपाल युनिभर्सल पिस फेडेरेसनको सौजन्यमा फिलिपिन्सको मनिला जाने मौका पाए । युनिफिकेसन चर्चको एउटा भगिनी संस्था इन्टरनेशननल कम्फेरेन्स अफ एशियन पोेलिटिकल पार्टीको संस्थापक सदस्य बसे । त्यसपछि उनको अन्तराष्ट्रिय सञ्जाल फराकिलो बन्दै गयो । प्रधानमन्त्रीबाट हटेपछि नेपाल यहि संस्थामा पूर्णकालिन जस्तै भएर सक्रिय भए ।
यहाँसम्मकी उनले आफ्नो प्रोटोकलको ख्याली नगरी संस्थाका सामान्य कार्यकर्ता जाने कार्यक्रममा समेत उनी सहभागी भए । पछिल्ला ९ वर्ष यता युपिएफको कार्यक्रम रेकर्ड हेर्दा नेपाल २५ ओटा कार्यक्रममा सहभागी भएको देखिन्छ । उनी वर्षमा ३ पटक चर्च निर्देशित कार्यक्रममा पुगेका छन् ।
पूर्वप्रधानमन्त्री तथा पार्टीका शक्तिशाली नेता तथा राजनीतिक दलको बलियो साथ पाएपछि आइएनजिओ यूपिएफले नेपालमा आफ्नो मर्यादा नै नाघेर कार्यक्रम चलाइरहेको छ । कम्युनिष्ट पार्टीका बरिष्ठ नेता नेपालको क्रिष्टियानिटी मोह देखेर बुद्धिजिवी तथा राजनितीज्ञ समेत छक्क परेका छन् ।
‘सरकारको नियम र परिधिमा रहेर सरकारको नियन्त्रणमा रहेका आइएनजिओले काम गर्नुपर्ने हो, तर, आइएनजिओ सँगै सहकार्य गर्ने कार्यक्रम गर्ने सरकारको निर्णय आलोचित हुनु स्वभाविक हो ।’ नेपाल बौद्धिक मञ्चका अध्यक्ष केबी रोकाया भन्छन्–‘यो देश अब बर्बाद हुन थाल्यो, देशको अस्थित्व नै समाप्त हुन थाल्यो ।’
हालै काठमाडौं सम्मेलन सकिएपछि पनि उनी संस्थाको सक्रिय सदस्य सरह विजयोत्वसमा सहभागी भए । जसको अर्थ उक्त भब्य कार्यक्रममा जो जति सहभागी भए, ति सबै आफ्नो साम्राज्यमा सहभागी भएको अर्थमा आयोजकले उल्लास मनाउँछन् । तर, पूर्वप्रधानमन्त्री जस्तो राज्यको महत्वपूर्ण ओहदावालका लागि भने यो सुहाउने विषय हैन ।
‘आइएनजिओले क्रिष्टियानिटी विस्तारका लागि गरेका आयोजनामा यस खालको अगुवाई गर्नु संलग्न हुुनु क्रिष्टियनबाट आशिर्वाद माग्नु वास्तबमा आफुलाई कम्युनिष्ट भन्न रुचाउने हरुले क्रिष्टियानिटी प्रति देखाएको वफादारिता नेपाल र नेपालीको लागि लज्जाजनक कुरा हो ।’ पूर्वउपप्रधानमन्त्री तथा जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी भन्छन् ।
युपिइफकै कार्यक्रममा सहभागी हुन अमेरिका जाने क्रममा नेपाल पत्नी आचार्य २०७३ मंसिर १८ गते टर्कीको विमानस्थल अध्यागमनमा रोकावट र सोधपुछमा समेत परेका थिए । राजनीतिक दलका नेता तथा उच्चपदस्थ ब्यक्तिहरु नै विवादास्पद संगठनको गतिविधीमा सक्रिय हुनुले उनीहरुको छविमा मात्रै प्रश्न उठेको छैन । पदीय गरिमामा समेत आँच पुगेको छ ।