जबरजस्ती धर्म परिवर्तन स्वीकार्य हुँदैनः मन्त्री बाँस्कोटा

 

पुस १०, काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले धर्म कसैको पनि प्याओ नभएको बताएका छन् । 

बनेपा इसाई समितिद्वारा मंगलबार आयोजित संयुक्त ख्रिष्टमस कार्यक्रमलाई सम्बोधनका क्रममा बाँस्कोटाले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य छैन, धर्म कुनै व्यक्तिको पनि प्याओ हैन । नेपाल धर्म निरपेक्ष मुलुक भएकाले राज्यको कुनै धर्म हुँदैन ।’ 

null

मन्त्री बाँस्कोटाले धर्म मान्ने विषय व्यक्तिगत स्वतन्त्रता भएको बताउँदै कसैलाई जबर्जस्त धर्म परिवर्तन गराउनु गलत भएको बताए । उनले भने, ‘धर्म मेरो निजी मामला हो, यसमा कसैले हस्तक्षेप गर्नुहुन्न र स्वीकार्य पनि हुन्न ।’ उनले कसैको पनि धार्मिक आस्थामाथि विभेद गर्न नहुने धारणा व्यक्त गरे ।  

मन्त्री बाँस्कोटाले नेपालको एकता, आपसी सद्भाव भड्काउन कुनै पनि नागरिकलाई छुट नभएको बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *