प्रदेश २ मा दुई दिन बिदा, भारतका मुख्यमन्त्रीकाे सुरक्षाका लागि चार हजार सुरक्षाकर्मी

 

मंसिर २५, काठमाडौँ । प्रदेश २ मा आज (मंगलबार) र भोलि (बुधबार) दुई दिन सार्वजनिक बिदा दिइएको छ । 

जनकपुरधाममा जारी सीता–राम विवाह महोत्सव अर्थात् विवाह पञ्चमीका लागि दुई दिन बिदा सार्वजनिक बिदा दिइएको हो । 

null

साताव्यापी महोत्सवअन्तर्गत विवाह पञ्चमीको पाँचौँ दिन आज मटकोरको विधि हुँदैछ। सोमबार तिलकोत्सव सम्पन भएको थियो । 

महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौँथो दिन तिलकोत्सव सम्पन भएको छ भने आज पाँचौँ दिन मटकोर र छैठौं दिन मंसिर २६ गते राम–सीता स्वयंवर तथा विवाह महोत्सव कार्यक्रम हुनेछ । 

भगवान् रामको पक्षबाट राम मन्दिरका महन्थ र सिताको पक्षबाट जानकी मन्दिरका महन्थ अभिभावकको भूमिकामा छन्। 

 

सोमबार सम्पन्न तिल्कोत्सवमा सीता पक्षबाट विभिन्न प्रकारको सौगात (भार) लिएर राम मन्दिरमा लगिएको थियो । जसलाई तिल्कोत्सव भन्ने चलन छ । तिलकोत्सव भनेको विहेका लागि गरिने टीका टालो अर्थात इंगेजमेन्ट हो । 

तिल्कोत्सवमा जनकपुर आइपुगेका सम्पुर्ण श्रद्धालु र नगरबासीहरुको सहभागीता रहेको थियो । विगत भन्दा यो वर्ष विशेष कार्यक्रम गरेर विवाह महोत्सव मनाइँदै छ । 

त्यस्तै महोत्सवका लागि भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ भारत सरकारका प्रतिनिधि बनेर बुधबार जनकपुर आउँदैछन्। सीता–राम विवाह पञ्चमी महोत्सवमा जन्तीका रूपमा उनी आउने भएका हुन्। 

उनको सुरक्षाका लागि जनकपुरमा नेपाल प्रहरी र सशस्त्र गरी करिब चार हजार सुरक्षाकर्मी परिचालन गरिने प्रदेश २ प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *