मिस वर्ल्डकाे फाइनलमा नेपालकी श्रृंखला, ब्यूटी विद अ पर्पस अवार्ड पनि

मंसिर १७, काठमाडाैं । नेपालकी चेली श्रृंखला खतिवडा मिस वर्ल्ड प्रतियोगिताको फाइनलमा पुगेकी छन्। मिस नेपाल २०१८ खतिवडा मल्टिमिडिया अवार्डतर्फ उपाधि जित्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्। 

श्रृंखला विश्वका १ सय २१ प्रतिस्पर्धी सुन्दरीबीच मल्टिमिडिया अवार्ड हात पार्दै उत्कृष्ट ३० मा प्रवेश गरेकी हुन्। उनी फाइनल चरणमा प्रवेश गर्दैगर्दा मल्टिमिडिया अवार्ड समेत जितेकि छिन् । श्रृंखला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न सफल भएकी छिन् ।  

 

null

केही बेर अघि अाफ्नाे इन्स्टाग्राममा भिडियाे शेयर गर्दै श्रृंखलाले अाफूले  ब्यूटी विद अ पर्पस अवार्ड पनि जितेकाे खबर सुनाउँदै हर्षविभाेर भएकी थिइन् । चीनकाे सान्यामा जारी प्रतियाेगितामा श्रृंखलाले मेक्सिको र केन्यालाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पारेकी हुन्। 

मिस वर्ल्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या दोस्रो स्थानमा छन् । 

आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी हुन् । मिस वर्ल्डकाे फाइनल प्रतियोगिता डिसेम्बर ८ मा हुँनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *