प्राईम कलेजमा अन्तराष्ट्रिय स्तरको एआई पाठशाला सुरु हुँदै

पुस १० काठमाडाैँ ।  नेपाल अप्लाईड म्याथम्याटिक्स एण्ड इनफरमेटिक्स ईन्स्टिच्यूट अफ रिसर्च, (नामी) को आयोजनामा काठमाडौंमा ११ दिने प्रथम नेपाल एआई पाठशाला सुरु भएको छ । नेपाल, भारत, चीन, फिलिपिन्स, जर्मनी, नर्वे लगायतका देशहरुबाट आएका १२० जना प्रशिक्षार्थीहरुले उक्त पाठशालामा सहभागिता जनाईरहेका छन् । 

 

पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्सको प्रयोग, उपादयता र आवश्यकताको सन्दर्भमा आवश्यक, तालिम, परामर्श र अनुसन्धान गरिने वताईएको छ । उक्त ११ दिने पाठशालामा २२ जना विदेशी, ७० जना काठमाडौं उपत्यका, १७ जना काठमाडौं उपत्यका बाहिरका र २० जना व्यावसायिक क्षेत्रका व्यक्तित्वहरु सहभागि रहेका छन् । 

null

पाठशालामा आर्टिफिसियल ईन्टेलिजेन्स (एआई) लाई नेपालको सन्दर्भमा कसरी प्रयोग गर्ने ? तथा नेपालले झेलिरहेका आर्थिक, शैक्षिक, व्यवस्थापकीय, स्वास्थ्य लगायतका समस्याहरुको समाधानमा एआईलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल गरिनेछ । उक्त कार्यक्रममा सहभागिहरुलाई तालिम र परामर्र्श दिन आउँनु भएका नामीका सदस्य तथा बेलायतमा रहेको योर्क विश्वविद्यालय अन्तर्गत कम्यूटर विज्ञान विभागका प्राध्यापक सुरेश मानन्धर नेपालमा एआई सम्वन्धि प्रभाकारी शिक्षणको सुरुवात नै हुन नसकेको वताउछन् । 

मानन्धरका अनुसार यो पाठशालाले एआईको सम्बन्धमा विद्यमान भ्रम निवारण तथा यसको उपादयताको बढोत्तरी र एआई पढाउने शैक्षिक संस्थाहरुको स्तर उन्नतीमा सहयोग पुर्याउनेछ । नामीका अर्का सदस्य तथा ईम्पेरियल कलेज लण्डनमा पोष्ट डक्टरल अनुशन्धानकर्ताको रुपमा कार्यरत डा.विनोद भट्टराईका अनुसार पाठशालाको आयोजना गर्नुको पछाडि नेपालमा ‘अनुसन्धान सँस्कारलाई सहयोग पुर्याउनु हो ।’ 

भट्टराई, नेपालका लागि कस्तो प्रविधि आवश्यकता हुन्छ भन्ने कुरा नेपालले नै तय गर्न सक्नु पर्ने बताउँछन् । नेपालको कृषि, स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक प्रविधीका लागि आज पनि बाहिरी देशसँग निर्भर हुनु परिरहेको भट्टराईको भनाई रहेको छ । भट्टराई ‘जबसम्म अनुसन्धान गर्ने सँस्कार र वातावरण निर्माण गरिदैँन तबसम्म प्रविधीको क्षेत्रमा प्रगति नहुने’ दावी गर्छन् । विज्ञान प्रविधिको क्षेत्रमा अत्यन्तै पछौटेपन बेहोरी रहेको नेपालमा आर्टिफिसियल ईन्टेलीजेन्स जस्तो अत्याधुनिक विज्ञान र प्रविधिसँग सम्वन्धित विषयमा सोध, तालिम र वहस हुनु आफैंमा सुखद विषय हो । प्राईम कलेजका प्रिन्सिपल प्राध्यापक डाक्टर कृष्ण कुमार श्रेष्ठ नामीले सञ्चालन गरेको पाठशालाले एआई सँगसँगै समग्र सुचना प्रविधि क्षेत्रलाई उत्प्रेरित गर्ने वताउँछन् । नेपालबाट विश्वका विभिन्न विश्वाविद्यालय र अनुसन्धान केन्द्रहरु पुगेर उक्त विश्वविद्यालयहरुमा कम्यूटर विज्ञान र एआईको क्षेत्रमा कार्य गरेका तथा नेपालमा पनि सुचना प्रविधी क्षेत्रमै कार्य गरेका प्राध्यापक, अनुसन्धानकर्ता र वैज्ञानिकहरु मिलेर स्थापना गरिएको नामीको अवधारणा सन् २०१५ बाट नै अगाडि बढेको हो । नेपालमा सन् २०१८ मा कानुनी प्रकृया पुरा गरी गैर नाफामुलक संस्थाको रुपमा स्थापित नामीले नेपालको शैक्षिक, औद्योगिक, व्यवस्थापकीय र स्वास्थ्य क्षेत्रसँग मिलेर उक्त विषयगत क्षेत्रहरुको विकासका लागि एआई सम्वद्ध अध्ययन अनुसन्धान गर्ने तय गरेको छ । 

नेपाली विद्यार्थीहरुको विद्यावारिधी लगायत सोध र अनुसन्धानको कार्यलाई सहयोग गर्ने र नेपालको आवश्यकतामा आधारित वृहत्तर अनुसन्धानलाई कार्यान्वयनमा लैजाने उद्देश्य सहित स्थापित नामीले विज्ञान प्रविधीको विकासका लागि आवश्यक नीति निर्माणमा समेत सहयोग गर्ने वताएको छ । प्रथम नेपाल एआई पाठशालाका लागि सहभागिहरु छनौट गर्न अनलाईन मार्फत विश्वव्यापी आवेदन माग गरिएको थियो भने नेपालका कलेजहरुमा विभिन्न माध्यम मार्फत सूचना सम्प्रेषण गरिएको थियो । बिभिन्न मापन विधि मार्फत १२० जना सहभागिहरुको छनौट गरिएको पाठशालामा काठमाण्डौं उपत्यका भन्दा बाहिरका सहभागिहरुका लागि आवासिय व्यवस्था गरिएको छ । 

एनसेलको प्रायोजनमा काठमाडौं नयाँ बजार, खुशीबुँमा रहेको प्राईम कलेजमा सञ्चालन भइरहेको पाठशाला यही डिसेम्वर २० तारिखदेखि ११ दिनसम्म सञ्चालन हुनेछ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *