अध्यक्षद्वय ओली र दाहालको पार्टी र सरकार सञ्चालन कार्यशैलीमाथि व्यापक प्रश्न

काठमाडौँ। नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुुष्पकमल दाहालको पार्टी र सरकार सञ्चालन कार्यशैलीमाथि व्यापक प्रश्न उठेको छ । यही शैलीले सरकार र पार्टी सञ्चालन भइरहे जनताले विश्वास गरेर दिएको ऐतिहासिक अवसर गुम्ने चेतावनी नेताहरूले दिएका छन् । 

पार्टी एकतापछि पहिलो पटक राजनीतिक र सांगठनिक विषयमा छलफल गर्न सुरु बैठकमा सदस्यहरूले नेतृत्वप्रति आक्रोशै आक्रोश पोखेका हुन् । अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन आफ्ना गल्ती ढाकछोप गर्ने प्रयोजनले मात्र आएको र यथार्थमा आधारित नभएको उनीहरूको आरोप छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *