आइएमई डिजिटल र नेपाल बंगलादेश बैंक लिमिटेडबीच सम्झौता

मंसिर २५, काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र नेपाल बंगलादेश बैंक लिमिटेड बीच ‘आइएमई पे’ मोबाइल मनी मार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  

सम्झौता अनुसार नेपाल बंगलादेश बैंक ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ । बैंकका सेवाग्राहीहरूले चाडै नै आइएमई पे वालेटमा आफ्नो बैंक खाता लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्राप्त गर्न सक्नेछन् । 

 

null

साथसाथै नेपाल बंगलादेश बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यु आर मार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्ने बताइएको छ ।  

आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट प्रमुख संचालन अधिकृत सुरेश देवकोटाले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । 

१६,००० भन्दाबढी एजेण्ट आउटलेट संजाल भएको आइएमई पे, आइएमई समूह अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो । नेपाल राष्ट्र बैंकको “भुक्तानी तथा फर्छ्यौट विनियमावली, २०७२” बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट कार्य गर्ने अनुमति प्राप्त गरेको हो र आइएमई डिजिटल यस्तो अनुमति पाउने देशकै पहिलो भुक्तानी सेवा प्रदायक हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *