बाल–विवाह न्यूनीकरणकालागि सुझाव संकलन

मंसिर २१, दुहबी । सुनसरी जिल्लामा बाल–बिवाहको दर अधिक रहेको भन्दै यसको न्यूनीकरणकालागि सुझाव संकलन बिषयक १ दिने अन्तरक्रिया कार्यक्रम समपन्न भएको छ । 

आवाज नेपालको आयोजनामा भएको कार्यक्रमलाइ प्लान नेपालको सहयोग तथा दुहबी वडा नम्वर ६ र ओरेक नेपालको सहकार्यमा कार्यक्रम समपन्न भएको हो । दुहवी–६ स्थित पञ्चायत आधारभूत विद्यालयमा आज भएको कार्यक्रममा दुहबी नगरपालिकाले बाल–विवाह न्यूनीकरणका लागि नगर स्तरिय वार्षिक योजना बनाउने उदेश्यले कार्यक्रम सञ्चालन गरेको हो । 

कार्यक्रममा नगर बाल सञ्जाल, युवा महिला सञ्जाल, किशोरी सञ्जाल, विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । आवाज नेपालकी अध्यक्ष मेनुका खतिवडाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि दुहबी वडा नं.–६ का वडाध्यक्ष मुन्ना हलुवाइले बाल–बिवाह न्यूनिकरणकालागि शिक्षामा जोड दिनुपर्ने तथा दाईजो प्रथाको अन्त्य हुँनुपर्ने र बाल–बिवाह हुँने भन्ने जानकारी पाउनसाथ सम्बन्धित निकायमा खबरदारी गर्नुपर्ने बताए । 

null

वडाध्यक्ष मुन्ना हलुवाइले बिहेवारी २० वर्षपारी भनिए पनि जिल्लामा अधिकतम किशोरी बाल–बिवाहको शिकार हुने गरेकाले उनीहरुलाई सचेत गर्न कार्यक्रम सफल हुने बताए । आवाज नेपालले सञ्चालन गरेको दुहबी–६ मा रहेको स्नेह केन्द्रकालागि दुहबी वडा नम्वर ६ ले १ लाख सहयोग गरेको वडाध्यक्ष मुन्ना हलुवाइले जानकारी दिए । सुनसरी जिल्लामै बाल–बिवाहको दर अधिक रहेका कारण यसको न्यूनीकरणका लागि सरकारी तथा गैरसरकारी क्षेत्रबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आईरहेको छ । 

किशोरीहरुको आर्थिक र सामाजिक सशक्तीकरण गर्नकालागि किशोरीहरुको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै बाल–बिवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्य गर्न यस्तो कार्यक्रम सञ्चालन गर्नुपर्ने ओरेक नेपालकी शान्ती दनुवारले बताइन । कार्यक्रममा स्वागत मन्तव्य आवाज नेपालकी कोशीला चौधरीले दिएकी थिइन भने कार्यक्रम सञ्चालन ओरेक नेपालकी पवित्रा चौधरीले गरेकी थिइन । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *