विश्राम दिइएका रोनाल्डोलाई जब मैदान पठायो, गरे गोल हारबाट जोगाए

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साबिकको विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । बुधबार भएको खेलमा युभेन्ट्स एटलान्टासंग २ – २ गोलको बराबरीमा रोकिएको हो ।  

बक्सिङ डेको दिन एटलान्टाको मैदानमा हार नजिक पुगेको युभेन्ट्सलाई क्रिष्टियानो रोनाल्डोले हारबाट जोगाए । खेलमा २ – १ ले पछि परेको अवस्थामा मैदान पसेका रोनाल्डोले गोल गर्दै खेल २ – २ गोलको बराबरीमा ल्याउदै टोलीलाई हारबाट जोगाएका हुन् ।  

 

null

रोनाल्डो खेलको ६५ औं मिनेटमा सामी खेडीराको स्थानमा मैदान पसेका थिए  । त्यसअघि डुभान जापटाले दुई गोल गरेपछि युभेन्ट्स २ – १ ले पछि परेको थियो  । 

खेलमा सुरुवाती अग्रता भने युभेन्ट्सले लिएको थियो । एटलान्टाका बेराट ड्जिमसिटीको आत्मघाती गोलबाट युभेन्ट्सले दोस्रो मिनेटमै सुरुवाती अग्रता बनाएको थियो । 

तर, खेलको १८ औं मिनेटमा जापटाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । खेलको ५६ औं मिनेटमा जापटाले व्यक्तिगत दोस्रो गोल गर्दै एटलान्टालाई २ – १ अग्रता दिलाएका थिए ।  

 

यस्तै खेलको ५३ औं मिनेटमा रोड्रीगो बेन्टानकरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउदा युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो । तर, सब्सिच्युड खेलाडी रोनाल्डोले ७९ औं  मिनेटमा गोल गरेपछि खेल २ – २ को बराबरीमा सकियो  । 

यो बराबरीपछि पनि युभेन्ट्स लिगको शीर्ष स्थानमा यथावत रहेको छ  । यस सिजन अपराजित रहेको युभेन्ट्सले ५० अंक जोडेको छ  । युभेन्ट्स दोस्रो स्थानको नेपोली भन्दा ९ अंकले अघि छ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *