इपिएलको उपाधी ललितपुर प्याट्रियट्सलाई

पुस ७, काठमाडौं । राजधानीमा जारी तेस्रो टिभिएस एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ । 

आज सम्पन्न फाइनल खेलमा भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै ललितपुरले इपिएल क्रिकेटको उपाधि कब्जा गर्यो । 

ललितपुरले उपाधिसँगै २५ लाख नगद हात पारेको छ । उपविजेता भैरहवाले १० लाख हात पार्यो । 

null

टस हारेर ब्याटिङका निम्तो पाएको ललितपुरले एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर मात्रै १ सय ४१ रन मात्रै बनाउन सफल भयो ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *