एन आई सी एशिया बैंकको नयाँ शाखा झापा गाउँपालिका झापा बजारमा

मंसिर २३, झापा । द्रुत गतिमा शाखा विस्तार गर्दै आएको एन आई सी एशिया बैंकले झापा स्थित झापा गाउँपालिका वडा नं.२, झापा बजारमा शाखा विस्तार गरेको छ । आज झापा बजार शाखाको झापा गाउँपालिकाका अध्यक्ष जय नारायण शाहले उक्त शाखाको उद्घाटन गरेका छन् ।  

सो अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष शाहले बैंकले जनमुखी भएर सेवा प्रवाह गर्नुपर्ने बताए । ग्रामिण क्षेत्रका जनतामा बैकिङ सेवा नपुगिरहेको अवस्थामा एन आइ सी एशिया बैंकले गाउँपालिकामा आएर सेवा सुरु गरेकोमा खुसी ब्यक्त गर्दै अब ग्रामिण क्षेत्रका जनताले बैकिङ सेवा पाउन सहर धाइरहन नपर्ने विस्वास ब्यक्त गरे । 

 

null

उनले बैंक आएपछि जनतालाई बचत गर्ने बानीको विकास हुने बताउँदै सुखी नेपाली संबृद्ध नेपाल भन्ने नारा सफल पार्न निजी क्षेत्रले समेत सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरेका थिए । 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८५ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्न सफल भएको छ ।  

हाल बैंकको वासलातको आकार रू. २०९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १७० अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।  

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *