संगठनात्मक एकताबारे गृहकार्य गर्न बनेको नेकपा कार्यदलको बैठक बस्दै

 

पुस १६, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संगठनात्मक एकताबारे गृहकार्य गर्न बनेको ८ सदस्यीय कार्यदलको पहिलो बैठक आज बस्दैछ । 

मंसिर २९ देखि जारी बैठकको अन्तिम दिन गत शुक्रबार पुस मसान्तभित्र पार्टीको सांगठनिक एकिकरणको काम सम्पन्न गर्ने गरी कार्यदल गठन गरिएको थियो । 

null

८ सदस्यीय कार्यदलमा महासचिव बिष्णु पौडेल, रामबहादुर थापा, शंकर पोखरेल, बर्षमान पुन, योगेश भट्टराई लेखराज भट्ट, सुरेन्द्र पाण्डे र बेदुराम भूषाल छन्। 

पहिलो बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको कार्यदलका एक सदस्यले भने । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । 

सोमबारको बैठकमा अध्यक्षद्वयले कार्यदलको काम कसरी अगाडि बढाउने, कस्ता कुरालाई प्राथमिकतामा राख्ने लगायतको निर्देशन दिने बताइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *