लिभरपुल शीर्ष स्थानमा, युनाइटेडलाई स्तब्ध

 

एजेन्सी । लिभरपुल इंग्लिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई ३ – १ गोल अन्तरले पराजित गर्दै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । 

घरेलु मैदानमा सब्सिच्युड खेलाडी जर्दान शकिरी चम्कदा लिभरपुलले युनाइटेडलाई स्तब्ध बनाएको हो । लिभरपुलको जितमा सुपर सब शकिरीले दुई गोल गरे । यस्तै साडियो मानेको नाममा एक गोल रह्यो । युनाइटेडका जेसे लिंगार्डले एक गोल गरे । 

null

 

प्रतिस्पर्धात्मक बनेको खेलको २४ औं मिनेटमा सानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ३३ औं मिनेटमा लिंगार्डले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । 

दोस्रो हाफमा शकिरी नायक बने । खेलको ७० औं मिनेटमा नेबी केईटाको स्थानमा मैदान छिरेका शकिरीले ७३ औं मिनेटमा गोल गर्दै लिभरपुललाई २ – १ को अग्रता दिलाए । त्यसपछि खेलको ८० औं शकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३ – ० को जित दिलाए । 

जितसंगै लिभरपुलले १७ खेलबाट ४५ अंक जोडेको छ । र, म्यानचेस्टर सिटीलाई एक अंकले पछि बनाउदै शीर्ष स्थानमा उक्लिएको छ ।  सिटीको ४४ अंक छ ।  

 

पराजित युनाइटेडको २६ अंक छ । युनाइटेड लिगमा छैटौं स्थानमा छ । यो हारसंगै युनाइटेडको उपाधि होड पनि कमजोर बनेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *