प्रदेशका प्रमुख दुई योजना केन्द्रमा तानिए, प्रदेश सरकार बेखबर

 

मंसिर २०, विराटनगर । संघीय सरकारले एक नं प्रदेशलाई हस्तान्तरण गरेका दुई वटा ठूला आयोजना फेरि संघले केन्द्रमै तानेको छ । सहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षमा बजेटसहित प्रदेश सरकारलाई हस्तान्तरण गरेको नँया सहरी आयोजना र जनता आवास कार्यक्रम संघमा तानेको हो । 

प्रदेश सरकारले रातो किताबमा समेत राखेको आयोजना प्रदेश सरकारलाई जानकारी समेत नदिई पुन संघमा तानेको हो । सहरी विकास मन्त्रालयले एक महिना अघिमात्र ती आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो । प्रदेश सरकारले ती आयोजना कार्यान्यनका लागि प्रक्रिया अगाडी बढाउने तयारी गरिरहेको थियो । 

null

यही बेला प्रदेश सरकारलाई पनि जानकारी नदिई पुन संघीय सरकार अन्तर्गतको प्रदेश शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई मार्फत् काम अगाडी बढाउने तयारी गरेको हो । 

शहरी विकास तथा भवन निर्माण एक नं प्रदेश कार्यालयका प्रमुख दिगम्बर ठाकुरले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका नँया शहर निर्माण आयोजना र जनता आवास कार्याक्रम कार्यान्यनका लागि प्रकृया अगाडी नबढ्दै पुनः संघले तानेको जानकारी दिए । उनले संघले चालु आर्थिक वर्षका लागि बजेटसहित यी दुई कार्यक्रम प्रदेशलाई हस्तान्तरण गरेको स्मरण समेत गरे । 

संघले हुलाकी राजमार्ग अन्तर्गत मोरङको रंगेलीमा नँया सहर निर्माण आयोजनाका लागि ३ करोड रुपैयाँ छुटाएको थियो । त्यसैगरी जनता आवास कार्यक्रमका लागि १ अर्ब १ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको थियो । जसमा यो कार्यक्रम प्रदेश नं. १ अन्तर्गतका मोरङ, सुनसरी र उदयपुरमा सञ्चालन हुने थियो । 

सहरी विकास तथा भवन निर्माण एक नं प्रदेश कार्यालयले यी दुबै आयोजना योजना स्वीकृतीका लागि प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वधार तथा विकास मन्त्रालयमा पठाएको थियो । जसमा यी दुई कार्यक्रम मन्त्रालयबाट स्वीकृत हुने चरणमा रहेका थिए । 

प्रदेश कार्यालयले चालु आर्थिक वर्षका लागि संघले हस्तान्तरण गरेका यी दुई सहित विराटनगर चक्रपथ, कार्यालय मर्मत सुधार शिर्षकका लागि कार्यक्रम स्वीकृतका लागि मन्त्रालय पठाएको थियो । 

कार्यालयले क्रमगत योजनाका लागि ४ करोड ९५ लाखको चक्रपथ र मोरङ तथा सुनसरी दुई जिल्लामा कार्यालय मर्मतका लागि भनेर ३५ लाख रुपैयाँका कार्यक्रम मन्त्रालयबाट स्वीकृत हुने चरणमा रहेको छ । प्रदेश सरकार कार्यक्रम कार्यान्वयका लागि भर्खरै मात्र संरचना निर्माण गर्ने क्रममा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *