पेटको सहायताले प्रेमीको हत्या

मंसिर २० । दुनियाँमा मान्छेको हत्या गर्नका लागि घाँटी थिचिएको, हतियार प्रयोग गरिएको, विष खुवाइएकोजस्ता घटना त सुनिएकै हो । तर, एकजना महिलाले आफ्नो पेट प्रयोग गरी प्रेमीको हत्या गरेकी छन् । 

अमेरिकाको पेन्सिल्भेनियामा एक महिलाले आफ्नै पेटले थिचेर प्रेमीको हत्या गरेकी हुन् । ४४ वर्षीया विन्डी थोमसले आफ्नो पेटले थिचेर प्रेमी किनो बटलरको हत्या गरेको कुरा प्रहरीसमक्ष स्वीकारेकी छन् । 

उनको त्यो बयान सुन्दा पुलिस पनि झसङ्ग भएका थिए । आखिर उनले कसरी र किन यस्तो गरिन् ? पुलिस अधिकारीका अनुसार पेटले थिचेर मान्छेको हत्या भएको यो सायद पहिलो घटना हुनसक्छ । 

null

वास्तवमा पेटले थिचेर प्रेमीको हत्या गर्ने ती महिलाको जिउको वजन १ सय ३३ किलो थियो । त्यसैले उनले आफ्नो भारी भरकम पेटले ब्वायफ्रेण्डको गला थिचिदिइन् । जसका कारण बटलरले स्वास फेर्न पाएनन् र उनको मृत्यु भयो । 

डिसेम्बर ३ मा अदालतमा भएको सुनुवाइका क्रममा बोल्दै आरोपी महिलाले भुलबस यस्तो हुन गएको भन्दै आफ्नो बचाउ गरेकी थिइन् । आफू रक्सीको नशामा रहेको र अचानक प्रेमीमाथि बस्दा थिचिएर ज्यान गएको जिकिर उनको छ । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *