लागूऔषधसहित २१ वर्षीय युवक पक्राउ

२०७५ पुस २ गते

पुस २, विराटनगर । झापाको दमक नगरपालिका–७ बसपार्कबाट प्रहरीले लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
आइतबार अपरान्ह साढे ४ बजेको समयमा प्रहरीले लागूऔषध लुपिजेसिक, फेनरागन, डाईजेपाम १०/१० एम्पुलसहित गौरादह नगरपालिका–१ डिपु चौकका २१ वर्षीय प्रशान्त श्रेष्ठलाई पक्राउ गरेको हो ।
श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा लागूऔषधसहित पक्राउ गरेको हो ।
null
बरामद लागूऔषधसहित श्रेष्ठलाई इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

२०७५ पुस २ गते
प्रतिक्रिया
सम्बन्धित