नेपाल र युएईबिच माघ ९ गतेबाट क्रिकेट सिरिज

काठमाडौं । नेपाल र युएईबीचको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज माघ दोस्रो साताबाट सुरु हुने भएको छ । युएईमा नेपाली टोलीले युएईसँग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्नेछ । नेपालले युएईसँग समान ३/३ खेलको एकदिवसीय र टी-२० सिरिज खेल्नेछ ।  

नेपाल र युएईबीचको क्रिकेट सिरिजबारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले तालिका सार्वजनिक गरेको छैन । तर,  आईसीसीको नेपाल प्रतिनिधि तथा क्यानका पुर्व सीईओ भावना घिमिरेले सिरिज आगामी माघ ९ गतेबाट सुरु हुने जानकारी गराईन् ।  

घिमिरेका अनुसार सिरिज माघ ९ गतेबाट २१ गतेसम्म हुने गरि तयारी भएको बताईन् । नेपालले युएईसंग पहिले एकदिवसीय र टी-ट्वान्टी खेल्नेछ । नेपालले माघ ११, १२ र १४ मा एकदिवसीय सिरिज खेल्नेछ ।  यस्तै माघ १७, १८ र २० मा टी-२० खेल्नेछ ।  त्यसबिचमा नेपालले तीन अभ्यास खेल खेल्नेछ ।  

null

नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने डिपिएल क्रिकेट एक साताको लागि सारिएको छ ।  

युएईविरुद्धको सिरिज नेपालको लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ । आईसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्डसँग पहिलो एकदिवसीय सिरिज खेलेको थियो । जुन सिरिज १ – १ को बराबरी भएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *