पूर्वमन्त्रीसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्ता प्रहरी नियन्त्रणमा
मकालु खबर
२०७५ मंसिर १६ गते
मंसिर १५, काठमाडौं । सरकारविरुद्ध विरोध प्रदर्शन गरेको आरोपमा पूर्वमन्त्री विराज विष्टसहित राप्रपा प्रजातान्त्रिकका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
एसिया प्यासिफिक समिट र सरकारविरूद्ध चाबहिलमा गरिएको विरोध कार्यक्रमका क्रममा विष्टसँगै सहायक महामन्त्री श्याम केसी, सहायक प्रवक्ता कमल विष्ट लगायतका नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सानानत धर्मावलम्बीहरुको आस्थामा पुट पुग्ने काम गरेर नेकपा नेतृत्वको सरकार स्वयंम हिन्दुत्व निषेध अभियानमा सक्रिय रहेको सन्देश दिएको राप्रपा प्रजातान्त्रिकको आरोप छ ।
null
साथै राप्रपाले आफ्ना नेता कार्यकर्तालाई तत्काल रिहा गर्न समेत माग गरेको छ ।
मकालु खबर
२०७५ मंसिर १६ गते
प्रतिक्रिया
सम्बन्धित