चिनियाँ प्रशंसकको हिन्दी गीत सुनेर के भने आमिरले ?

 

पुस ५, काठमाडौँ । चीनकी एक युवतीले हिन्दी गीत गाएको भिडियो चिनियाँ सामाजिक सञ्जालमा लोकप्रिय हुँदै गइरहेको छ । 

भिडियोमा ती युवती आमिर खानको उपस्थितिमा उनको फिल्म् ‘सीक्रेट सुपरस्टार’ को गीत ‘नचदी फिरा’ गाइरहेकी छिन् । 

null

आमिर खान अहिले आफ्नो फिल्म् ठग्स अफ हिन्दूस्तानको प्रमोशनको शिलशिलामा चीनमा छन् । 

दर्शकदीर्घामा बसेकी ती युवतीको गीत सुनेपछि आमिर खानले उनको गीतको तारिफ गर्दै भने, ‘तपाईंले एकदमै राम्रो गाउनुभयो । यो गीत गाउन एकदमै मुश्किल छ ।’ 

त्यसपछि ती युवतीले शिनजियांग क्षेत्रको साँस्कृतिक पहिचानसँग जोडिएको टोपी उपहार स्वरूप अामिरलार्इ दिइन् ।  

चीनमा ‘ठग्स अफ हिन्दूस्तान’ २८ डिसेम्बरमा रिलिज हुँदैछ । आमिर फिल्म् प्रमोशनको लागि त्यहाँ १० दिनसम्म रोड शो गर्नेछन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *