किशोरीलाई भारत लैजाने पक्राउ

मंसिर २८, विराटनगर । विराटनगरको सिमावर्ती जोगवनी नाकाबाट युवती भारत लैजाँदै गर्दा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

विराटनगर महानगरपालिका–१५ जोगवनी ढाटबाट बिहीबार साँझ सवा ७ बजेको समयमा बर्दिवास नगरपालिका–६ का १९ वर्षीय ओम प्रसाद सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

ललाई–फकाई भारतको जोगवनीतर्फ लैजाँदै गरेको अवस्थामा ताप्लेजुङकी १९ बर्षीया किशोरीलाई उद्धार गरीएको प्रहरीले जनाएको छ । उद्धार गरिएकी किशोरीलाई सानो हात नेपाल नामक संस्थाको संरक्षणमा राखिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

null

पक्राउ परेका सुवेदीलाई इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *