२७ हजार धरौटीमा रिहा भए दिपक मनाङे

 

पुस ६, काठमाडौँ । कर्तव्य ज्यान सम्बन्धी मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ शुक्रबार रिहा भएका छन् । 

तत्कालिन पुनरावेदन अदालतले ५ वर्ष कैद सजाय सुनाएका मनाङेलाई सर्वोच्च अदालत प्रशासनले २७ हजार ३ सय ७६ रूपैँया जमानत लिइ थुनामुक्त गर्न आदेश दिएको हो । 

null

७ वैशाखमा पक्राउ परेका उनलाई सर्वोच्च अदालतका न्यायधीशद्वय शारदाप्रसाद घिमिरे र बमकुमार श्रेष्ठको संयुक्त्त इजलासले रिहा गर्ने आदेश दिएको हो। आदेशमा कारागार बाहिर रहेर मुद्दाको पूर्पक्षको सुविधा दिन भनिएको छ। 

गुण्डा नाइके मनाङेलाई अर्का गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा दोषी ठहर गरी जेल सजाय गरिएको थियो । प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभामा निर्वाचित भएपछि नै पक्राउ गरी जेल पठाइएको हो । 

२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा राजीव गुरुङ भनिने दीपक मनाङेसहितलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। बागबजारको उक्त घटनामा अन्य सम्मिलित थिए गणेश लामा, उमेश लामा,  रेवत कार्की र रमेश सुनुवार थिए । 

गणेश लामा हाल कांग्रेसमा आबद्ध छन् र हतियार राखेको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्। यही मुद्दामा प्रतिवादी रहेका रेवत कार्की, रमेश सुनुवार र उमेश लामाले भने सफाइ पाइसकेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *