नवलपरासीमा स्कुटर दुर्घटना, प्रदेशसभा सदस्यका छोराको मृत्यु

मंसिर १९, कावासोती । नवलपरासीमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरमा ना३२प ८३९० नं को स्कुटर दुर्घटना हुँदा नवलपरासी कावासोती–८ का ३७ वर्षीय नवीनराज गौतमको मृत्यु भएको हो । गौतम 

गण्डकी प्रदेशसभा सदस्य ओमकला गौतमका छोरा नवीनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । 

null

स्कुटर अनियन्त्रित भएर सडकमा पल्टिँदा दुर्घटना भएको हुनसक्ने नवलपरासी पूर्वका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *