स्वकीय सचिवको तलब आफैं लिन्छन् सांसद

काठमाडौँ — संघीय संसद्का पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ । ऐनको व्यवस्थाविपरीत कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् । 

संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपैयाँका दरले जनही जम्मा गर्ने गरेको छ । सचिवालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत मासिक १ करोड १७ लाख ४६ हजार २ सय ६९ रुपैयाँ भुक्तानी गरिरहेको छ । 

यो रकम संघीय संसद्मा बहाल रहेका ३ सय ३२ सांसदलाई दिने पारिश्रमिकभन्दा ५४ लाख २५ हजार बढी हो । सचिवालयका अनुसार पदाधिकारी र सांसदको पारिश्रमिकमा मासिक १ करोड ७१ लाख ७१ हजार २ सय ९५ रुपैयाँ खर्च हुन्छ । 

null

‘संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ अनुसार सचिवालयका कर्मचारीकै बैंक खातामा तलब पठाउनुपर्नेमा संसद् सचिवालयले सभामुख र अध्यक्षको खातामा मासिक जम्मा गरिदिने गरेको छ । 

सचिवालयले यो रकम महराको एभरेस्ट बैंकको खाता नम्बर ००१००५०१२०१९१७ र तिमिल्सिनाको यही बैंकको खाता नम्बर ००१२०५१६२००७४२ मा मासिक जम्मा गरिदिने गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *