ट्याक्टरबाट लडेर २६ वर्षीय दिनेश को मृत्यु

पुष ४ लहान । सिरहाको औरही गाउँपालिका–३ कडहर्वामा आज बिहान ट्र्याक्टर दुर्घटनामा एक युवकको मृत्यु भएको छ । 

खेतमा हलो जोत्ने क्रममा स १ त ५७५२ नम्बरको ट्याक्टरबाट लडेर स्थानीय २६ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए । मृतक यादवको शव परीक्षणको लागि जिल्ला अस्पताल सिरहामा राखिएको छ । ट्याक्टर चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *