अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच. डब्लु. बुसको निधन


मंसिर १५, काठमाडौँ । अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ वर्षको उमेरमा निधन भएको छ।
अमेरिकाको ४१ औँ राष्ट्रपतिका रुपमा जिम्मेवारी सम्हालेका बुसको निधन भएको खबर उनका छोरा तथा पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले शुक्रबार राति विज्ञप्ति मार्फत् जानकारी दिएका हुन्।
गत अप्रिलमा उनकी श्रीमती बारबाराको निधन भएपछि नै उनको स्वास्थ्य अवस्था कमजोर भएको थियो । सोही कारण उनलाई अस्पतालमा राखिएको थियो।
null
उनी सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति थिए । दोस्रो कार्यकालका लागि निर्वाचनमा उठेका उनलाई विल क्लिन्टनले राष्ट्रपतिय निर्वाचनमा पराजित गरेका थिए।
सन् १९८१–१९८५ र १९८५–१९८९ सम्म उनले दुई कार्यकाल लगातार अमेरिकाको उपराष्ट्रपति पद सम्हालेका थिए। त्यसबेला रोनाल्ड रेगन अमेरिकी राष्ट्रपति थिए।
दोस्रो विश्व युद्धका भेट्रान बुस पछि राजनीतिमा आएर राष्ट्रपति बनेका थिए । रिपब्लिकन पार्टिबाट राजनीति सुरुवात गर्नुपूर्व उनी दोस्रो विश्वयुद्धका युद्धक विमान चालक थिए।
उनका छोरा जर्ज डब्लु बुस अमेरिकाको ४३ औँ राष्ट्रपति बनेका थिए ।
एजेन्सी
