संघीय फोरम संगठन सुदृढिकरणमा

पुस ८, विराटनगर । संघीय समाजबादी फोरम नेपालले विराटनगरमा संगठन सुदृढिकरण कार्यक्रम गरेको छ । सो पार्टीको विराटनगर–१२ नम्बर वडा कमिटिले केन्द्रियस्तरको नेताहरुका उपस्थितिमा कार्यक्रम गरेको हो ।  

पार्टीका कार्यकर्ताहरुलाई थप शसक्तिकरण गर्न र अन्य पार्टीबाट आएकाहरुलाई पार्टीमा स्वागत गर्न कार्यक्रम गरिएको आयोजक वडा कमिटिका अध्यक्ष कृष्णकुमार भण्डारीले जानकारी दिए ।  

सो क्रममा बोल्दै संघीय समाजबादी फोरम नेपालका प्रदेश एक संसदिय दलका नेता जयराम यादव, केन्द्रीय सदस्य भुराज राई, वडा नम्बर १२ का वडाध्यक्ष हिरालाल कामत र समाजबादी विद्यार्थी फोरमका अरविन्दकुमार मण्डल लगायतले राष्ट्रिय राजनीतिमा पार्टीको भुमिका थप शसक्त बनाएर लैजानुपर्ने बताए ।  

null

उनीहरुले उत्पीडित र उपेक्षित समुदायको थप अधिकार सुनिश्चित गर्न संगठित पहल आवश्यक रहेको बिषयमा समेत जोड दिए । कार्यक्रममा अन्य पार्टीबाट आएका एकसय बढी कार्यकर्ताले पार्टी प्रवेश गरेको संघीय समाजवादी फोरम नेपालले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *