फिलिपिन्सकी क्याट्रिओना बनिन् मिस युनिभर्स, नेपालकी मनिता टप १० बाटै बाहिरिइन्

 

पुस २, काठमाडौँ । मिस युनिभर्स २०१८ फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओना ग्रेले बनेकी छिन् । 

थाइल्याण्डकको बैंककमा सोमबार भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी क्याट्रिओना मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् । मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । 

null

नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटाको यात्रा भने टप १० सम्म मात्रै रह्यो । अन्तिम प्रतिस्पर्धामा देवकोटा यसअघि एसिया तथा अफ्रिका क्षेत्रका उत्कृष्ट पाँच प्रतिस्पर्धीमा पर्न सफल भएकी थिइन् । 

 

अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट ५ छनौट गरी १५ जना र ५ जना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मनिता एसिया प्यासिफिक तथा अफ्रिकाका तर्फबाट तेस्रो नम्बरमा परेकी थिइन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *