काठमाडौँको टोखामा गर्भवतीको हत्या, तीन महिलासहित ४ जना पक्राउ

 

पुस २, काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक गर्भवती महिलाको हत्या गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

मिलनटोलमा डेरा गरी बस्ने मुगु टोरु गाउँपालिका–८ घर भएकी धर्मराज शाहीकी कान्छी श्रीमती २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेको आरोपमा चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

null

मुगु सोरु गाउँपालिका ८ की २६ वर्षीया विष्णुमाया शाही, मुगु छायाँनाथकी २६ वर्षीया भगवती मल्ल, २३ वर्षीया रिता केसी र २१ वर्षीय गन्डिपराज मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको हो । विष्णुमाया धर्मराजकी जेठी श्रीमती हुन् । 

पक्राउ परेका सबै विष्णुमायाका आफन्त हुन् । आफूमाथि सौता ल्याएको आवेगमा हत्या गरेको विष्णुमायाले स्वीकार गरेकी महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ । 

उनीहरुमाति कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *