सुकेधाराको सुधार गृहबाट २१ व्यक्तिको उद्धार, सञ्चालक पक्राउ

मंसिर २१, काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ भने त्यहाँको सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । 

चरम यातना दिने गरेको भन्ने आरोपमा परिसरको टोलीले काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार गृहबाट उनीहरुलाई उद्धार गर्नुका साथै त्यसका सञ्चालक सन्तोष घिमिरे र कर्मचारी समित मल्ललाई नियन्त्रणमा लिएको हो । 

मदिरा र लागुऔषध दुुव्यर्सनमा फसेका व्यक्तिलाई राख्नका लागि खोलिएको सुधार गृहमा नै यातना दिएपछि सञ्चालकलाई पक्राउ गरिएको हो । 

null

“सुधारगृहमा रहेका ३४ व्यक्तिमध्ये १३ जना भागेर प्रहरीको शरणमा आएर आफूले सुधार गृहमा भोग्नुुपरेका समस्या राखेपछि र उनीहरुको परिवारले सञ्चालकलाई कारवाही र सुुधार गृहमा रहेकालाई उद्धार गरी पाउँ भन्ने निवेदनका आधारमा बाँकी २१ जनालाई बिहीबार उद्धार गरेका हौँ,” परिसरका प्रमुख वसन्त लामाले भने । 

प्रतिव्यक्ति मासिक रु ३५ हजारका दरले एक वर्षको एकैपटक पैसा लिने र अभिभावकलाई भेट्न नदिई विभिन्न किसिमको शारिरीक तथा मानसिक यातना दिने गरेको अनुुसन्धानबाट खुलेको छ, प्रमुुख लामाले भने । “अभिभावक गम्भीर नबनेका कारण यस्तो घटना घटेको हो ।” 

पाँच वर्ष पहिला कपनमा सञ्चालमा रहेका उक्त सुधारगृह दुुई वर्षदेखि सुुकेधारामा सञ्चालित छन् । पक्राउ परेका सञ्चालकलाई अपराध संहिता ऐनको १६८ दफाअनुुसार कारबाही गरिने परिसरले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *