गृहमन्त्रीलाई भारी पर्दै निर्मला हत्या प्रकरण, महिला संघले माग्यो राजीनामा

 

मंसिर २३, काठमाडौँ । नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को राजीनामा माग गरेको छ । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेपाल महिला संघले गरेको पत्रकार सम्मलेनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया निर्मला पन्तको हत्यारालाई कारबाही गर्न नसकेको भन्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो । 

null

कार्यक्रममा संघकी महासचिव तथा राष्ट्रिय सभाकी सांसद धना खतिवडाले नक्कली अभियुक्त खडा गरेर निर्मला पन्तका वास्तविक हत्यारालाई सरकारले उन्मुक्ति दिन खाजेको आरोप लगाईन् । उनले यस्ता किसिमका घृणित र खेदजनक कार्यप्रति नेपाल महिला संघले घोर भत्र्सना गर्दछ भनिन् । 

‘निर्मला पन्तको हत्या सामान्य खानदानको मानिसले गरेको होइन । आम नागरिकले पनि यो विश्वास गरिसकेका छन्’ उनले भनिन्, ‘अहिले खडा गरिएका अभियुक्तका बयान र निर्मला पन्तको पोष्टमार्टम रिपोर्टले फरक सत्य बताएको छ, यस्तो नाटक गरेर जनता र गरिबहरुमाथि दुई तिहाई नेकपाको सरकारले खेलबाड गरिहेको छ ।’ 

सांसद खतिवडाले महिला हिँसाविरुद्ध १६ दिने राष्ट्रिय अभियान जारी रहेको ध्यानाकर्षण गराउँदै असल मानिस केही नगरि बस्नु भनेको खराब मानिसको नियत सफल हुनु भएको बताईन् । ‘राज्यले महिलाहरुको बारेमा अधिकार दिएको छ, तर व्यवहारमा महिलाहरुले अधिकार पाएका छैनन्, कानून फितलो छ’ उनले भनिन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *