तामाङ घेदुङमा पुनः गोम्देन

इटहरी, १८ मंसिर । नेपाल तामाङ घेदुङ, इटहरी उपमहानगर कार्यसमितिको अध्यक्षमा चन्द्र गोम्देन पुनः सर्वसम्मत चयन भएको छ ।  

इटहरी घेदुङको सातौं अधिवेशनवाट गोम्देन लगायत कार्यसमितिका सबै सर्वसम्मत चयन भएको हो । खुला उपाध्यक्षमा देव गोम्देन, महिला उपाध्यक्षमा मैंया घिसिङ, सचिवमा जानुकला पाख्रिन, कोषाध्यक्षमा सिता गोले, सह–सचिवमा रामकुमार मोक्तान सर्वसम्मत चयन भएका छन् ।  

त्यसैगरी सदस्यहरुमा प्रेम तितुङ, पदम मोक्तान, ज्योती घिसिङ, तिला पाख्रिन, गणेश सिंगार, सन्त घिसिङ, पदम ग्याबा, लाखमान योञ्जन, दिलकुमार योञ्जन र दिपा घिसिङ सर्वसम्मत चयन भएका छन् ।  

null

नवनिर्वाचित सबैलाई प्रमुख अतिथि नेपाल तामाङ घेदुङका केन्द्रिय सल्लाहकार सुजेन्द्र गोलेले सपथ गराएका थिए । अध्यक्ष गोम्देनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोले, प्रदेश समितिका कार्यवाहक सचिव मणि तितुङ, सुनसरी जिल्ला अध्यक्ष सुरज पाख्रिन, इटहरी नगर उपाध्यक्ष देव गोम्देन लगायतले मन्तव्य राखेका थिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *