ए डिभिजन लिगः सरस्वती युवा क्लबमाथि आर्मीको जित

 

पुस १३, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले जित हात पारेको छ । 

शुक्रबारको खेलमा सरस्वती युवा क्लबलाई ४–० ले पराजित गर्दै आर्मीले छैँटौँ जित हात पारेको हो । जितसँगै ११ खेल खेलबाट २१ अङ्क सहित तालिकाको चौथो स्थानमा यथावत छ । 

null

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघको टेक्निकल सेन्टरमा भएको प्रतिस्पर्धामा आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र नवयुग श्रेष्ठले गोल गरे । 

नवयुगले खेलको सातौँ मिनेटमा दीपक गुरुङको पासमा करीब ६ यार्डबाट गोल गर्दै आर्मीलाई शुरुआती अग्रता दिलाए । खेलको ३० औँ मिनेटमा कप्तान भरतले पेनाल्टीमार्फत एक गोल थप्दै आर्मीलाई दोस्रो अग्रता दिलाए । 

सरस्वतीका सुमन लामाले आर्मीका कप्तान भरत खवासलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि उनले दोस्रो पहेँलो कार्ड पाएका थिए । सोही पेनाल्टीलाई सदुपयोग गर्दै आर्मीका कप्तान भरतले गोल गरेका थिए । 

खेलको पहिलो हाफसम्म २–० को अग्रता बनाएको आर्मीले खेलको ६१ औँ मिनेटमा आर्मीका कप्तान भरतले व्यक्तिगत दोस्रो गोल गरे । 

त्यस्तै आर्मीका लागि चौथो तथा अन्तिम विजयी गोल सरस्वतीका विदेशी खेलाडी ओलुसोला एब्राहिमले उपहारस्वरुप आत्मघाती गोल गरे । एघार खेल खेलेको सरस्वती १० अङ्कसहित तालिकाको दशौँ स्थानमा छ । खेलमा म्यान अफ द म्याच आर्मीका कप्तान भरत खवास चुनिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *