मोरिन्होको बर्खास्तपछि युनाइटेडको लगातार जित

एजेन्सी । इंग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । बुधबार भएको खेलमा  युनाइटेडले हडर्सफिल्ड टाउनलाई ३ – १ गोल अन्तरले हराएको हो  । घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन पाउल पोग्बाले दुई गोल गर्दा निमान्जा माटिचले एक गोल गरे । हडर्सफिल्डका माथिस जोर्गेनसेनले एक गोल फर्काए । 

घरेलु मैदानमा युनाइटेडले खेलको २९ औं मिनेटमा माटिचको गोलबाट सुरुआती अग्रता बनाएको थियो ।खेलको ६८ औं मिनेटमा कप्तान पोग्बाले गोल गर्दै युनाइटेडलाई २ – ० को अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा पोग्बाले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३ – ० को अग्रता दिलाए । 

 

null

त्यसपछि खेलको ८८ औं मिनेटमा हडर्सफिल्डका जोर्गेनसेनले एक गोल फर्काए पनि युनाइटेडले ३ – १ को सहज जित निकाल्यो । जितसंगै युनाइटेडले १९ खेलबाट ३२ अंक जोडेको छ । लिगको छैटौं स्थानको युनाइटेडको यो लगातार दोस्रो जित हो । 

मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेपछि युनाइटेडले लगातार जित निकालेको थियो । यस्तै केयर टेकर प्रशिक्षक ओले गुनर सोल्सायर आएपछि युनाइटेडको यो लगातार दोस्रो जित हो । युनाइटेडले मोरिन्होलाई बर्खास्त गर्दै  सोल्सायरलाई केयर टेकर प्रशिक्षक नियुक्त गरेको थियो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *